Lucky-Khabar_

रास्वपा सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले आफूलाई जिउँदो छोड्नु यही नै जित हो बताए

१८ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले आफूलाई जिउँदो छोड्नु नै जित हो बताएका छन्।पार्टीको जिम्मेवारीमा फर्किएका लामिछानेले केन्द्रीय समिति बैठकअघि आज पत्रकार सम्मेलन गरेर सरकारले आफूविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए।

“सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु। अदालतको आदेशको अपव्याख्या गरेका छन्। दुई तिहाइको सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो,“ लामिछानेले भने, “यो डराउँछ भन्ने लागेको होला तर म लड्छु। तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ। थप केही मुद्दा लगाउनु छ भने लगाओस्।“

content ad p2

सहकारी ठगी प्रकरणमा लामिछानेको सांसद पद अहिले पनि निलम्बनमा छ। अदालतमा मुद्दा विचाराधीन भए पनि उनी पार्टीको जिम्मेवारीमा फर्किएका हुन्। लामिछाने पार्टी जिम्मेवारीमा फर्कने सूचना पाएपछि उनको स्वागतका लागि पार्टी सदस्य र शुभचिन्तकहरूको पार्टी कार्यालयमा बाक्लो उपस्थिति देखिएको थियो।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर