Lucky-Khabar_

वीरगन्जमा पानीको हाहाकारले गर्दा रित्तो घैंटो र बाल्टिन लिएर प्रदर्शन

राम सुन्दर आर्य
२५ असार,वीरगञ्ज ।वीरगन्जमा पानीको हाहाकारले गर्दा रित्तो घैंटो र बाल्टिन लिएर प्रदर्शन भएको छ| वीरगन्ज नगरसहित पर्सा जिल्लामा अहिले चापाकललगायतका खानेपानीका स्रोतहरू सुकेर हाहाकार भएपछि जनमत पार्टीका महिलाले बुधबार वीरगन्जको सडकमै उत्रिएर प्रदर्शन गरेका छन् । जनमत पार्टीको भगिनी संगठन महिला जनमत संघ पर्साको अगुवाईमा पार्टीका महिला कार्यकर्ताले घण्टाघर चोकस्थित सडकमा खाली घैटो र बाल्टिन राखेर प्रदर्शन गरेका हुन् ।

content ad p2

प्रर्दशनमा सहभागीहरूले ‘जल सत्याग्रह’नारा लेखिएको ब्यानरसहित सडक प्रदर्शनमा उत्रिएकाहरूले खानेपानीको संकट समाधानका लागि तीनवटै तहका सरकारसँग माग पनि गरे । तीनै तहको सरकार आँखा खोल, पानी दे कि मारी दे ,पर्सालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरलगायतका नारा लगाएका थिए।

वीरगन्ज महानगरका साथै पर्सा जिल्लाका विभिन्न पालिकामा अहिले चापाकलहरू सुकेर त्राहीमाम् हुदाँ पनि संघ,प्रदेश र स्थानीय तीनवटै सरकारले ध्यान नदिएकाले बाध्य भइ आन्दोलनमा उत्रिनु प्रदर्शनमा सहभागी जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले परेको बताए।

गर्मीका बेला विगत ३ वर्षदेखि वीरगन्जमा निरन्तर खानेपानीको संकट हुँदै आएपनि तीनवटै तहका सरकारले दीर्घकालीन समाधानका लागि ध्यान नदिएको उनको आरोप छ। उनले भने,‘ तीनवटै तहका सरकार अन्धो,बहिरो भएर वीरगन्जलाई अपहेलित गरिरहेका छन् । वीरगन्जका मान्छेलाई पानी बिना मार्ने प्रयास गरिरहेको छ । तसर्थ तीन तहकै सरकार गम्भीर भएर वीरगन्जलाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेजमार्फत् पानीको समस्या समाधान गरोस् ।’

संघीय सरकारको खानेपानी मन्त्रालय र वीरगन्ज महानगरपालिकाको कार्यालयले वीरगन्जका विभिन्न वडामा डीप बोरिङहरू जडान गरेर पानी आपूर्ति गर्दै आए पनि त्यसले समस्या समाधान हुन सकेको छैन भनि सर्राफले बताए । यसैबिच वीरगन्ज महानगरपालिकाले खानेपानीको ट्यांकरमा पानी ओसारेर संकटग्रस्त वडाहरूमा वितरण गर्न थालेको छ । यसबाहेक टोलटोलमा २ हजार,५ हजार र १० हजार लिटर क्षमताका खानेपानी ट्यांकी जडान गरी महानगरपालिकाले पानीको आपूर्तिको व्यवस्था मिलाएको छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर