Lucky-Khabar_

वीरगंजको प्रसौनी बिर्ता टोलमा मदन भण्डारी विपन्न आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएका चार वटा घरहरूको शुक्रबार एक विशेष समारोहका बीच बिचारी यादव द्वारा उद्घाटन

अभिलाष गुप्ता
२७ असार, वीरगंज|वीरगंज महानगरपालिका–२३ स्थित प्रसौनी बिर्ता टोलमा मदन भण्डारी विपन्न आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएका चार वटा घरहरूको शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

content ad p2

कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य तथा नेकपा एमाले वीरगंज महानगरका ईञ्चार्ज बिचारी यादवले गर्नुभएको हो। प्रमुख अतिथि यादवले स्थानीय बिराज पासवान, बुनिलाल पासवान, ज्योति दास, र रुषा पासवानको घरको उद्घाटन गर्दै सोही अवसरमा घरको चाबी समेत हस्तान्तरण गर्नुभयो। तीमध्ये तीनजना एकल महिला र एकजना अति विपन्न परिवार रहेका छन्।

एमाले मधेश प्रदेशका उपाध्यक्ष समेत रहेका यादवले प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादवको विशेष पहलमा पहिलो चरणमा ५ वटा घरको स्वीकृति भएको जानकारी दिनुभयो। उहाँका अनुसार तीमध्ये ४ वटा घरको उद्घाटन सम्पन्न भइसकेको छ भने बाँकी १ घरको निर्माण अन्तिम चरणमा रहेको र एक हप्ताभित्र उद्घाटन गरिने छ।

यादवले आगामी असोजदेखि वडा नं. २३ का अन्य तीन टोलमा समेत आवास निर्माण कार्य सुरु गरिने जानकारी दिनुभयो। त्यसका लागि वडा कमिटीमार्फत लाभग्राहीको नाम संकलनको कार्य भईरहेको र त्यसपछि प्राविधिक प्रक्रिया अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो।

प्रत्येक घरको निर्माणमा ५ लाख ३५ हजार रुपैयाँ लागत परेको हो। घर पाएका लाभग्राहीहरूले अत्यन्तै खुशी व्यक्त गर्दै आफूहरू वर्षौँदेखि घरविहीन अवस्थामा रहेको र अब स्थायी बासस्थान पाएकोमा नेकपा एमालेलाई धन्यवाद दिएका छन्।

सो अवसरमा नेकपा एमाले मधेश प्रदेश सदस्य मेघराज पासवान, वडा अध्यक्ष अवधकिशोर कुशवाहा, ईकाई कमिटी अध्यक्ष तथा वडा सदस्य लालबाबु यादव, जिल्ला कमिटी सदस्य तथा वडा ईञ्चार्ज लक्ष्मी पराजुली, एमाले युवा नेता भोला यादव, रवि कुशवाहा, राकेश साह लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर