Lucky-Khabar_

नारायणी अस्पतालमा वीरगन्ज लेडिज सर्कल ३ द्वारा स्थापना दिवसको अवसरमा फलफुल वितरण ।

लालबाबु सिंह
असार २८ वीरगन्ज । नारायणी अस्पतालमा वीरगन्ज लेडिज सर्कल ३ ले फलफुल वितरण गरेको छ । लेडिज सर्कलको नेपालमा स्थापना दिवसको अवसरमा वीरगन्ज लेडिज सर्कल ३ ले नारायणी अस्पतालका बिरामी कुरुवाहरु लाई ५५ किलो आम र ३ सय थान केरा वितरण गरिएको हो ।

content ad p2

लेडिज सर्कल वीरगन्ज ३ का अध्यक्ष ननदनी अग्रवालको अध्यक्षतामा भएको सो फलफुल वितरण कार्यक्रममा उपाध्यक्ष निधि जाटिया,सचिव श्रेया रुङटा,कोषाध्यक्ष नेहा अग्रवाल,पुर्वअध्यक्ष खुशबु सिंघानिया लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।


सो अवसरमा लेडिज सर्किलको नेपालमा स्थापना भएको दिनलाइ देशै भर बिभिन्न कार्यक्रमको आयोजना गरि सभ्य एवं भव्य रुपले मनाउने गरिन्छ सो हि अनुसार आज हामिले सानो सहयोगको रुपमा नारायणी अस्पतालका बिरामी कुरुवाहरुलाइ फलफुलमा आम र केरा वितरण गरि मनाएको अध्यक्ष नन्दनी अग्रवालले बताउनु भयो ।

” सेवा नै धर्म हो ” भन्ने मुलमन्त्रलाई हामिले आत्मसात गरि दिन दुखी असहायको सेवा सहयोग गर्दै आएको र सामाजिक सेवाको विभिन्न कार्य को साथै महिलाहरुको समस्याहरुको समाधान गरि उत्थान उत्प्रेरणा गर्ने ,आत्मनिर्भर बनाउने पनि लेडिज सर्कलको उद्देश्य रहेको र आउने समयमा सामाजिकसेवाको क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गर्ने आफुहरुको योजना रहेको बताउनु भयो ।

सम्बन्धित खबर

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर