Lucky-Khabar_

बारामा जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक शाहमाथि मोसो प्रहार

२९ असार,वीरगञ्ज । बारामा जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष ई. दीपक शाहमाथि केही व्यक्तिले मोसो फालेर दुव्र्यवहार गरेका छन्। यो घटना उनले पार्टीभित्रको आन्तरिक विवादलाई लिएर सुरु गरेको ८८‘जनसंवाद यात्रा’८८का क्रममा भएको हो।

शाह गाडीमै रहेका बेला केही युवाले बोतलबाट कालो मसी फालेका थिए र ’मुर्दावाद, मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए।
स्रोतका अनुसार, जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्देशनमा उनका कार्यकर्ताले शाहमाथि मसी फालेर दुव्र्यवहार गरेको बुझिएको छ। अध्यक्ष राउतले आफ्नो विरोधमा गतिविधि गरिरहेको भन्दै शाहसहित कारबाहीमा परेका नेताहरूको भेलामा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएका थिए भनि जानकारी प्राप्त भएको छ |।

‘जनसंवाद यात्रा’को क्रममा बारामा आफूमाथि जनमत पार्टीकै कार्यकर्ताहरूले मसी फालेको शाहले बताएका छन्। उनले घटनाबारे केही बेरमा प्रेस विज्ञप्ति जारी गर्ने जानकारी दिए। यस घटनाले जनमत पार्टीभित्रको आन्तरिक विवाद झन् चुलिएको देखिएको छ।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर