Lucky-Khabar_

मधेश प्रदेश सरकारको बजेट विपक्षी बहिष्कारका बीच फास्ट ट्र्याकबाट पारित

३० असार,वीरगञ्ज । मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट विपक्षी दलहरूको बहिष्कारका बीच फास्ट ट्र्याकबाट पारित भएको छ। सदनमा विपक्षी दलको शून्य उपस्थितिमा सत्तापक्षका सांसदहरूले बजेट बहुमतले पारित गरेका हुन्।

सांसदहरूलाई बजेटको विवादित पक्ष भनेको सरकारले उपलब्ध गराएको र अर्थ मन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ पानाको भिन्नता देखिएको छ। विपक्षी दलहरूले यसलाई ’आर्थिक अपराध’ भन्दै सोमबार बिहान कार्यदल र सदनको बैठकसमेत बहिष्कार गरी निस्किएका थिए।

content ad p2

अर्थमन्त्रीको राजीनामाको माग गर्दै नयाँ अर्थमन्त्रीले ल्याएको बजेट मात्र विपक्षी दलले स्वीकार्य गर्ने अडान लिएका थिए। त्यसपछि सत्तादलका सांसदहरूको उपस्थितिमा सदन चलेको थियो। सदनले संशोधन प्रस्तावका लागि समय दिए पनि कसैले पनि प्रस्ताव दर्ता गराएनन्।
गत असार १ गते अर्थमन्त्री सुनिल यादवले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।


बजेटमाथि सदनमा भएको छलफलका क्रममा कतिपय सत्ताघटक सांसदहरूले समेत त्रुटिपूर्ण रहेको गुनासो गरेका थिए। लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले बजेटका २९४ पाना गायब पारेर सरकारले समर्थनको आधारमा सबै सांसदलाई ’गुलाम बनाएको’ टिप्पणी गरे।

त्यसैगरी कांग्रेसका सांसद वीरेन्द्र सिंहले विगतमा ५० लाखभन्दा कमको बजेट नल्याउने वाचा गरेको सरकार र सांसदहरू अहिले ५ लाखसम्मको योजना ल्याएर जनताको अगाडि मुख देखाउन नसक्ने अवस्थामा पुगेको बताए।

‘पीएलएमआईबीएस (एीःक्ष्द्यक्) मा योजना इन्ट्री गर्दा र हटाउँदा कम शून्य र कम बजेट भएका योजना विगतमा रेडबुकमा ल्याइँदैन। यसपटक पनि त्यही भएको हो।’मुख्यमन्त्री सतिशकुमार सिंहले भने| मुख्यमन्त्रीको यो भनाइले हराएका पानाहरूमा साना योजनाहरू रहेको संकेत गर्छ।

सम्बन्धित खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर