राम सुन्दर आर्य
३१ असार, वीरगञ्ज — नेकपा (माओवादी केन्द्र)ले पार्टी एकता प्रक्रियाबाट समायोजन भएका विभिन्न पार्टीका २० जना नयाँ वैकल्पिक केन्द्रीय सदस्य थपेको छ। पर्सा जिल्लाबाट बाबुराम कौसिक पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

यो निर्णय पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा असार २६ गते बसेको पार्टी केन्द्रीय कार्यालय पदाधिकारी बैठकले गरेको हो। बैठकले नयाँ सदस्यहरूको जिम्मेवारी र कार्यक्षेत्र पनि स्पष्ट गरेको छ, जसअनुसार उनीहरूको हालको जिल्ला रहेको प्रदेश नै कार्यक्षेत्र कायम रहनेछ।

महत्वपूर्ण निर्णयहरू:
विगतमा समायोजित अन्य सदस्यहरूका जिम्मेवारी पनि पहिलेकै प्रदेशमै यथावत राखिने।
मधेश प्रदेशमा पार्टी संगठन सुदृढ गर्न एकता प्रक्रियाबाट समायोजन भएका कमरेडहरूलाई पनि पुरानै प्रदेश समिति तदर्थ समितिको रूपमा क्रियाशील गरिने।
प्रदेश सम्मेलनको तयारीलाई गति दिन यो निर्णय लिइएको हो।
थपिएका वैकल्पिक केन्द्रीय सदस्यहरूको सूची:
क्र.सं. नाम जिल्ला
१ किरण थापा कास्की
२ कृष्ण कुमार भण्डारी काभ्रे
३ मिनबहादुर दर्जी झापा
४ कृष्ण सापकोटा बागलुङ
५ मोदनाथ तिमिल्सिना सिन्धुली
६ प्रमिला यादव धनुषा
७ मेघराज तामाङ रामेछाप
८ डा. जयनारायण यादव सिराहा
९ राजु महर्जन काठमाडौं
१० टीका कन्दङ्वा तेह्रथुम
११ अनिता थिङ काभ्रे
१२ शंकर अधिकारी धादिङ
१३ बद्री विलास मिश्र लमजुङ
१४ शोभा माझी सिन्धुली
१५ राकेश साह महोत्तरी
१६ राजन कुमार दनुवार (डोने) उदयपुर
१७ राजु क्षेत्री कास्की
१८ भरत प्रसाद साह बारा
१९ मुकुन्द दाहाल महोत्तरी
२० बाबुराम कौसिक पर्सा


