Lucky-Khabar_

बीपी कोइरालाको स्मृति दिवसमा वीरगन्जमा वृक्षारोपण, मन्त्री क्षेत्रीले राजतन्त्रको आलोचना

राम सुन्द्र आर्य
६ असार ,वीरगन्ज ।नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद (बीपी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा कांग्रेस पर्सा क्षेत्र नं. १ द्वारा वीरगन्जमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका मधेस प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले नेपाली कांग्रेसले राणा शासनदेखि तीन राजाहरुको निरंकुश शासन विरुद्ध लडेर प्रजातन्त्र स्थापना गरेको उल्लेख गर्दै आज पनि कांग्रेस त्यसै मार्गमा रहेको बताए।

उनले भने, “नेपाली कांग्रेस जनताको पहिलो पार्टी हो, जसले निरन्तर प्रजातन्त्रको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्दै आएको छ।”


मन्त्री क्षेत्रीले वर्तमान सरकारले विकासका क्षेत्रमा महत्त्वपूर्ण फड्को मारेको दाबी गर्दै कांग्रेसविरुद्ध विभिन्न भ्रम फैलाउने नयाँ राजावादी र अन्य शक्तिहरुप्रति सचेत रहन आह्वान गरे।

उनले अतीतका केही घटनालाई स्मरण गर्दै भने, “राजतन्त्रकालीन समयमा जननिर्वाचित सरकार फाल्नु, महिला हिंसा, सांस्कृतिक सम्पदाको चोरी, पत्रकारमाथि आक्रमण लगायत घटनाले राजाको दमनकारी सोच देखाउँथ्यो।”

वातावरणीय संकटका विषयमा बोल्दै उनले मधेसमा हाल पानी अभावका कारण खडेरीको अवस्था आएको जानकारी दिए र सुख्खा प्रभावित क्षेत्र घोषणा गरी राहत कार्यक्रम अगाडि बढाइएको बताए।

“एक व्यक्ति, एक रुख; एक घर, एक रुख” अभियानको पक्षमा बोल्दै उनले वृक्षारोपणको महत्त्व पनि उल्लेख गरे।


कार्यक्रममा कांग्रेस पर्सा क्षेत्र नं. १ का सभापति अनिल सिंहको सभापतित्व रहेको थियो। उपसभापति रामनारायण कुर्मी, वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम, कांग्रेस नेता प्रकाश उपाध्याय, दीना गुप्ता लगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण अजय ठाकुरले गरेका थिए।

वृक्षारोपण कार्यक्रममा आँप, अम्बा, अम्ला, निम लगायतका बिरुवाहरु रोपिएको थियो

सम्बन्धित खबर

जनताको सेवा अवरुद्ध हुनु हुँदैन : वडा कार्यालय निरीक्षणमा सांसद सुशील कानू

लक्की खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर