Lucky-Khabar_

एक पुरुषको सिचाइका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु

७ साउन,रौतहट। एक पुरुषको रौतहटको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरका एक व्यक्तिको सिचाइका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर घाईते भइ मृत्यु भएको छ।

तुलसी मुखियाका अन्दाजी ४० वर्षीय छोरा रामबाबु मुखियाको मंगलवार बिहान करिब ७:५० बजे मृत्यु भएको हो। आफ्नै खेतमा सिचाइ गर्नका लागि मोटर जडान गर्दै गरेका मुखियालाई मोटरको तारबाट करेन्ट लागेको थियो।

content ad p2

मुखियालाई गंभीर घाइते भएका उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिएका छन्। घटना बारे थप अनुसन्धान भइरहेको उनले बताएका हुन ।

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर