Lucky-Khabar_

बिरगन्जको यातायात ब्यवस्था कार्यालको राजस्व संकलन १ अर्ब ६२ करोड

content ad p2

१४साउन, बिरगंज ।  आर्थिक वर्ष २०८१/८२ मा  यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८१/८२ माकुल १ अर्ब ६२ करोड ४० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ

वर्ष २०८०/८१ कुल १ अर्ब ५२ करोड ५१ लाख राजस्व संकलन भएको थियो भने कार्यालयका प्रमुख कुसेश्वर साहले बताएकि छ  ।उनका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी १ अर्ब २२ करोड १९ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै  चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ३२ करोड १६ लाख १६ हजार रुपैयाँभन्दा बढी संकलन भएको छ।

रुट परमिट, पाटके, प्रदूषण तर्फबाट पनि ८ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको साहले जानकारी दिए । प्रशासनिक दण्ड, जरिवाना र जफतबाट भने १४ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।

प्रदेश सरकारले सवारी नवीकरणमा जरिबाना छुट सुविधा दिँदा बक्यौता कर बुझाउनेको संख्या बढ्दा अघिल्लो वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको कार्यालयका सहायक शाखा अधिकृत रामसुन्दर महतोले बताएको  हो ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर