Lucky-Khabar_

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

वीरगञ्ज ।वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला परेका छन् | वीरगञ्जमा केही दिनयता देखिएको हैजाको संक्रमण क्रमशः घट्दै गएको छ। वीरगञ्जका विभिन्न स्थानमा उपचाररत हैजाका बिरामीलाई स्वास्थ्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गर्न थालिएको छ।

content ad p2

स्वास्थ्यकर्मीहरूका अनुसार हैजा नियन्त्रणका लागि सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रम, शुद्ध पानीको प्रयोग र तत्काल उपचारको व्यवस्था प्रभावकारी देखिएको छ। यससँगै वीरगञ्जमा संक्रमितको संख्या घट्दै गएको हो|तर, छिमेकी जिल्ला बारामा भने नयाँ हैजा संक्रमित फेला परेका छन्। बाराको विभिन्न ग्रामीण क्षेत्रका केही व्यक्तिमा हैजाको लक्षण देखिएपछि अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

स्वास्थ्य कार्यालयहरूले दूषित पानी र खानपानबाट हैजा फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। साथै, उमालेर मात्र पानी पिउनु, सरसफाइमा ध्यान दिनु र शंका लागेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई सुझाव दिइएको छ।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर