वीरगञ्ज। नेपाल फर्मा एसोसिएसन मधेश प्रदेश फार्मा क्लब बीरगञ्ज र औषधि व्यवस्था विभाग बीरगञ्जको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

औषधि व्यवस्था विभाग बीरगञ्जको प्रांगणमा आयोजित कार्यक्रम बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा फर्मा क्लब बीरगञ्जका अध्यक्ष निरजकुमार गिरी, नेपाल फर्मा एसोसिएसन मधेश प्रदेश अध्यक्ष शशिकानत ठाकुर, औषधि व्यवस्था विभागका प्रमुख सम्भु साह र माइक्रोबायोलोजिस्ट कमलेश्वर कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फार्मा व्यवसायीसहित विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका थिए । आयोजकहरूका अनुसार रक्तदान कार्यक्रमले समाजमा मानवता र सामाजिक उत्तरदायित्वको सन्देश फैलाउन सहयोग पुर्याएको छ भने आशा गरेको छ ।




