Lucky-Khabar_

वीरगञ्जमा ऐतिहासिक रामजानकी मन्दिरमा पुनः अतिक्रमण प्रयास, स्थानीयको विरोध

राम आर्य
वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१०, घडिअर्वास्थित ऐतिहासिक रामजानकी मन्दिरमा पुनः अतिक्रमण प्रयास भएपछि स्थानीय युवाहरूले विरोध गरेका छन् । आफूलाई पुजारी दाबी गर्ने शम्भुनाथ तिवारीले मन्दिरको पर्खाल भत्काएर आफ्नो निजी घरतर्फ गेट बनाउन थालेपछि विवाद चर्किएको हो ।

content ad p2

यसअघि तिवारीले मन्दिरको प्रवेशद्वार बन्द गरी करिब ३० वर्षसम्म सटर निर्माण गरी भाडामा दिएका थिए, जसलाई २०७९ चैतमा महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएर मन्दिरलाई अतिक्रमणमुक्त बनाएको थियो । त्यसपछि मन्दिरको सौन्दर्यीकरण गरेर राम, सीता र हनुमानका मूर्तिहरू स्थापना गरिएको थियो ।

शुक्रवार बिहान घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु नेतृत्वमा युवाहरूले तिवारीको कदमको विरोध गर्दै मन्दिरमै प्रदर्शन गरेका छन् । वडाध्यक्ष सुशील साह कानुले तिवारीको कार्य गैरकानुनी भएको बताउँदै “मन्दिर सार्वजनिक सम्पत्ति भएकोले कुनै व्यक्तिगत दाबी मान्य नहुने” स्पष्ट गरेका छन् ।

यस विषयमा टोलवासीले शनिवार बिहान भेला गरी सामूहिक निर्णय गर्ने तयारी गरेका छन् । स्थानीय युवाहरूले मन्दिर पुनः कब्जा गर्न खोज्ने कुनै पनि प्रयासविरुद्ध प्रतिवाद गर्ने अठोट व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर