Lucky-Khabar_

भारतीय प्रधानमन्त्री मोदीले भने नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न तयार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न तयार रहने नेपालमा हाल भइरहेको भारी वर्षाका कारण जनधनमा आएको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।

content ad p2

मोदीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सन्देशमा भनेका छन्, “नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति दुःखदायी छ। यस कठिन समयमा हामी नेपाल र नेपाली जनताको सरकारसँग साथमा छौँ।”

उनले दुई छिमेकीबीचको मैत्रीपूर्ण सम्बन्धलाई औंल्याउँदै भारतले आवश्यक परे नेपाललाई कुनै पनि सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि बताए।

भारत र नेपालबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ सुदृढ बनाउँदै प्रधानमन्त्री मोदीको यो सन्देशले कठिन समयमा दुवै देशबीचको सहयोग र मित्रता झल्काएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर