Lucky-Khabar_

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु, निर्वाचन सुरक्षामाथि छलफल चल्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थाको तयारी र समन्वयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

content ad p2

बैठकमा प्रमुख सत्ता गठबन्धनका दलका शीर्ष नेता, प्रतिपक्ष दलका नेता, गृह र रक्षा मन्त्रालयका उच्च अधिकारीहरू, तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल र सुरक्षासंस्थाबीच सहकार्य अपरिहार्य भएको बताएको बताइएको छ। बैठकपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने तयारी भएको पनि बताइएको छ।

सम्बन्धित खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर