काठमाडौ ।युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पूर्वउर्जामन्त्री दीपक खड्कालाई सात दिनभित्र नेपाल स्काउटको जग्गा खाली गर्न अन्तिम चेतावनी दिएका छन्।

नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयले खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिलाई लामो समयदेखि भाडा नतिरेको भन्दै बक्यौता रकम तिर्न वा जग्गा खाली गर्न ताकेता गरेको हो।

सूचनामा भनिएको छ—भाडा नतिरेर संस्थालाई ठूलो क्षति पुगेको छ। मन्त्री गुप्ताले सम्पत्ति संरक्षणमा कडाइ गर्ने बताउँदै स्काउटले कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।


