बिवेक पटेल
वीरगञ्ज । काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा रौतहटका पूर्व जिल्ला सभापति ६३ वर्षीय मोहम्मद अफताब आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली काङ्ग्रेसले शोक प्रस्ताव पारित गरी शनिवारको बैठक सकिएको छ ।

शनिवारको आकस्मिक बैठकले आइतबार केन्द्र, प्रदेश र जिल्ला तहका सबै पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । साथै, शनिवारदेखि तीन दिनसम्म यी कार्यालयहरूमा झन्डा आधा झुकाउने र स्वर्गारोहणको १३ औँ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि गरिएको मुख्य सचिव पौडेलले जानकारी दिए ।

काँग्रेस रौतहटका पूर्व सभापति आलमको गए राति काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको थियो । नेपाली काँग्रेसले आलमको निधनलाई पार्टीका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

पुर्व मन्त्री आलम कारागारमुक्त भए लगत्तै स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो।


