राम आर्य
वीरगञ्ज ।मंसिर। वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्म चौकमा राधेकृष्ण मन्दिर निर्माणको शिलान्यास गरिएको छ। टोलमा विवाह, ब्रतबन्ध तथा विभिन्न धार्मिक कार्य सम्पन्न गर्न उपयुक्त स्थानको अभाव भएपछि स्थानीयको पहलमा मन्दिर निर्माण थालिएको हो।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रमेश यादव रहे। संयोजक उमेश यादवको संयोजनमा सम्पन्न कार्यक्रममा अतिथि उपाध्यक्ष सञ्जय यादव, दिपक साह, जनार्दन यादव, झरिमाई महिला विकास–१५ की संस्थापक प्रिया आर्य, सचिव शोभा रौनियार,शुषमा पटेल, प्राध्यापक उषाकिरण चौधरी, बबिता यादव, सङ्गीता उपाध्याय, हरिकिशोर चौरसिया लगायत स्थानीय बुद्धिजीवी, महिला–पुरुष, पत्रकार तथा प्रहरी प्रशासनको उल्लेखनीय उपस्थिति रहेको थियो।


सङ्गीता उपाध्यायले यस मन्दिरले गर्दा हामी सबै टोलबासीको महिला तथा पुरुषहरूले मिलेर यसलाई निरन्तर दिने र टोलमा सुशासन मिलमिलाप र आफन्त जगाउने जस्ता कार्यको थाल्नि सुरु भएको बताए |

त्यसैगरि एउटा मन्दिरमा अनेक देविदेउताहरु मिलेर बस्छ र पुजा गरिन्छ त्यस्तै हामि मनुष्य पनि एक परिवार,समाजमा मिलेर बस्नाले मनिदरको देविदेउताहरुको पुजा गरे सरह हुनेछ भनि राम आर्यले सबैको अगाडी आफ्नो मन्तब्य राखे |
स्थानीयले मन्दिर निर्माणले धार्मिक गतिविधि सहज हुने, टोलमा सामाजिक सद्भाव बढ्ने तथा सांस्कृतिक पहिचान सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्।


