Lucky-Khabar_

जगदम्बा ओभरसिजद्वारा भन्सार प्रणालीमै हेरफेर, ७० लाखभन्दा बढी राजस्व छलीको खुलासा

काठमाडौं । शंकर ग्रुपअन्तर्गत पर्ने जगदम्बा ओभरसिज प्रालिले नेपालमा प्रयोग हुने इलेक्ट्रोनिक उपकरणमा राखेर सेवन गर्नुपर्ने टोबाको स्टिक्स आयात प्रक्रियामा ठूलो परिमाणको राजस्व छली गरेको तथ्य बाहिर आएको छ।

content ad p2

कम्पनीका प्रमुख सुलभ अग्रवाल भन्सारका केही कर्मचारीसँग मिलेर विभागमै प्रयोग हुने आशिकुडा प्रणालीमा हेरफेर गर्दै चालू आर्थिक वर्षमा ७० लाख ८८ हजार रुपैयाँभन्दा बढी राजस्व राज्यलाई नतिरेको प्रमाण भेटिएको स्रोतहरू बताउँछन्।

भन्सारकर्मी संलग्नताको शंका थपियो

अर्थ मन्त्रालयका अधिकारीका अनुसार एचएस कोड २४०४११०० अन्तर्गत नेपाल भित्रिने टोबाको स्टिक्समा १४३.६२८ प्रतिशत महसुल लागू हुन्छ। तर भन्सार विभागको विवरण हेर्दा कात्तिक मसान्तसम्म करिब ९६ लाख रुपैयाँ बराबरको सामान आयात हुँदा विभागले ६७ लाख रुपैयाँ मात्र महसुल उठाएको छ। वास्तविक रूपमा भने १ करोड ३७ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन हुनुपर्नेमा आधाभन्दा बढी रकम छली भएको स्पष्ट भएको छ।

जगदम्बा ओभरसिज चुरोट र मदिरा आयात गर्ने कम्पनी हो, जसले फिलिप मोरिस इन्टरनेशनलका उत्पादन नेपालमा वितरण गर्दै आएको छ। कम्पनीका प्रमुख सुलभ अग्रवाल यसअघि पनि थर्मल गनको कालोबजारी तथा गैरकानुनी भेपजन्य पदार्थको कारोबारमा संलग्नताका कारण विवादमा परेका थिए।

प्रणालीगत कमजोरी झल्किने घटनामा भन्सार विभाग मौन

भन्सार प्रणालीमै परिवर्तन गरेर भएको यो राजस्व छलीले प्रणालीगत कमजोरी र आन्तरिक मिलेमतो उजागर गरेको देखिन्छ। तर भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले यसबारे आफूले जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
उता, जाँचपास परीक्षण कार्यालयले भने उजुरी परेमा मात्र अनुसन्धान अघि बढाइने बताएको छ, जसका कारण यस्ता ठूला राजस्व छलीका घटना आफैँले अघि बढेर छानबिनमा नजाने अवस्था उत्पन्न भएको छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर