Lucky-Khabar_

कारको ठक्करबाट एकै पटक ज्यान गुमाएका महतो दम्पतिको एउटै चितामा अन्त्येष्टी

जनकपुर ।  धनुषामा आइतबार राति कारको ठक्करबाट ज्यान गुमाएका दम्पतीको सोमबार एकै चितामा अन्तिम संस्कार गरिएको छ।

content ad p2

जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–२, नकटाझिज नजिक भएको दुर्घटनामा मिथिला नगरपालिका–१ का ६० वर्षीय राजकुमार महतो र उनकी ५५ वर्षीया श्रीमती सुमित्रा देवी महतोको मृत्यु भएको हो।

 

पारिवारिक स्रोतका अनुसार दम्पतीको शव आइतबार राति नै पोस्टमार्टमपछि परिवारलाई बुझाइएपछि आज बिहान संयुक्त रूपमा अन्त्येष्टि गरिएको हो।

जनकपुरतर्फबाट ढल्केवर जाने क्रममा बागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार ती दम्पतीलाई ठक्कर दिएको थियो। घटनास्थलमै सुमित्रा देवीको मृत्यु भएको थियो भने गम्भीर घाइते राजकुमार महतोको जनकपुरस्थित अस्पतालमा उपचारकै क्रममा प्राण गयो।

दुर्घटनामा संलग्न कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।एजेन्सि

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर