कलैया । बाराको प्रसौनी गाउँपालिका–६ मा एक व्यक्तिको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ।


सर्लाहीको धनकौल गाउँपालिका–२ का करिब ४२ वर्षका राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले पुष्टि गरेका छन्।
उनका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का तयार पार्ने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा स्थानीयहरूसँग बयान लिने कार्य भइरहेको छ।
प्रारम्भिक अनुसन्धानमै सिंहको घाँटी रेटेर हत्या गरिएको स्पष्ट भएको प्रहरीले जनाएको छ। घटना कसरी र किन घट्यो भन्नेबारे विस्तृत छानबिन जारी राखिएको डीएसपी पण्डितले बताए।
मृतक सिंह प्रसौनीस्थित किरण वेबरेज नेपाल प्रा.लि (नेपाल नीर पानी) का व्यवस्थापक रहेको समेत प्रहरीले जानकारी दिएको छ।

