Lucky-Khabar_

नेपाली कांग्रेस पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी १५औँ महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।

content ad p2

हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रमका लागि पत्रकार निमेष बञ्जाडेसँग गरेको अन्तर्वार्तामा थापाले आगामी महाधिवेशनमा सभापति पदका उम्मेदवार बन्ने निर्णय सार्वजनिक गरेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने भनिएको छ। मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै सार्वजनिक गरेपछि थापाले नेतृत्वमा उभिने आफ्नो निर्णयलाई स्पष्ट रूपमा सार्वजनिक गरेका हुन्।

‘म १५औँ महाधिवेशनको सभापति पदका लागि उम्मेदवार हुँ,’ थापाले भने, ‘मलाई विश्वास छ—नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले यस ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी माझ दिनुहुनेछ।’

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर