Lucky-Khabar_

पर्सा–३ मा एमालेको क्षेत्रीय भेला सम्पन्न, अनेकौ नेता–कार्यकर्ता पार्टी प्रवेश

वीरगंज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजित भेलामा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टी पंक्तिको प्रभावकारी परिचालनका विषयमा गम्भीर छलफल गरिएको थियो।

content ad p2

भेलाकै क्रममा नेपाली कांग्रेस निकट तरुण दल पर्साका सचिव सन्तोष महतो, राष्ट्रिय मुक्ति पार्टीका सदाम हुसैनसहित पोखरिया नगरपालिका वडा नं. ८ मननपुरका खरदार मिया, औरन्जेव अंसारी, मयोनदिन मिया, रामनाथ सहनी, रामबाबु सहनी, मजिद राय, मोति मुखिया बिन, परशुराम मिश्रलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टी नेताहरूले खादा र टीका लगाएर स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले पर्सा–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रूपेश कुमार पाण्डेले पर्सा–३ लाई विकास, सुशासन र अवसरको हिसाबले देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले युवाको ऊर्जा, अनुभवी नेतृत्वको मार्गदर्शन र जनताको विश्वासलाई आधार मानेर समावेशी विकासको खाका प्रस्तुत गर्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने बताए।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष फर्मान मियाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका प्रभावशाली नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य प्रमोद जयसवाल, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादव, युवा नेता अनिल हजरा, अकलेश कुमार साह, कौशल साहलगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर