Lucky-Khabar_

कार्की आयोगको प्रतिवेदन सडकबाट जेनजीको मांग

काठमाडौं । माइतीघर मण्डला मा आइतबार जेनजी अगुवाहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

content ad p2

प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमार्फत दबाब बढाउँदै सडकमा उत्रिएको बताउँदै भदौ २३–२४ को घटनाबारे सत्य सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनीहरूले आयोगको १० हजारभन्दा बढी पृष्ठको प्रतिवेदन तयार भइसके पनि सार्वजनिक नभएको भन्दै सरकारसँग पारदर्शिता माग गरेका छन्।

जेनजी अगुवा लक्ष्मी घिमिरे, मोनिका निरौला, माजिद अन्सारी लगायतले भदौ २३ मा भएको गोलीकाण्ड र भदौ २४ मा भएका आगजनी घटनाबारे नागरिकले सत्य थाहा पाउनुपर्ने बताएका छन्।

उनीहरूले अघिल्ला मल्लिक, रायमाझी र लाल आयोगका प्रतिवेदनजस्तै कार्की आयोगको प्रतिवेदन पनि गोप्य नराख्न सरकारलाई दबाब दिँदै पूर्ण रूपमा सार्वजनिक गर्न माग गरेका छन्।

यता सरकारले भने आयोगको प्रतिवेदन मन्त्रिपरिषद्ले अध्ययन गर्ने गरी ग्रहण गरेको जनाएको छ भने यसको विस्तृत विवरण सोमबार सार्वजनिक हुने संकेत दिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर