राम आर्या

बिरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार आर्य शशिकला राउत (प्रिया) ले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालय पर्सामा बुझाएकी छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकी राउतले कानुनअनुसार तोकिएको समयसीमाभित्र आफ्नो चुनावी आम्दानी तथा खर्चको विवरण कार्यालयमा पेश गरेको जानकारी दिइएको छ।
जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार उम्मेदवारहरूले निर्वाचनपछि निर्धारित अवधिभित्र चुनावमा भएको खर्च र आम्दानीको विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार स्वतन्त्र उम्मेदवार राउतले पनि आफ्नो खर्च विवरण बुझाएकी हुन्।
निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारहरूले प्रचार–प्रसार, सभा–सम्मेलन, यातायात, प्रचार सामग्री लगायतका शीर्षकमा भएको खर्चको विवरण पेश गर्नुपर्ने प्रावधान छ। समयसीमाभित्र खर्च विवरण नबुझाएमा उम्मेदवारलाई जरिवाना लगायत कारबाही हुन सक्ने व्यवस्था रहेको छ।
राउतले तोकिएको मापदण्डअनुसार खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ।


