Lucky-Khabar_

डिजिटल हिंसाको शिकार अमिसा पराजुलीले साइबर ब्यूरोमा दिइन् उजुरी

काठमाडौं । डिजिटल माध्यमबाट हुने हिंसाको शिकार बनेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा औपचारिक उजुरी दर्ता गराएकी छन्। साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार उजुरी पेश गरेकी हुन्।

content ad p2

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउको विरोधमा आयोजित प्रदर्शनका क्रममा व्यक्त गरेको धारणा पछि आफूविरुद्ध सामाजिक सञ्जालमा धम्की र गालीगलौज बढेपछि उनले कानुनी प्रक्रिया अघि बढाएकी हुन्।

सामाजिक सञ्जालमार्फत उनलाई बलात्कारसम्मको धम्की दिइएको बताइएको छ। ती धम्कीपूर्ण सन्देश र टिप्पणीहरू पराजुलीले संकलन गरी प्रमाणका रूपमा सुरक्षित राखेकी छन्।

सोही आधारमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न उनले सम्बन्धित निकायसँग माग गरेकी छन्।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर