Lucky-Khabar_

गृहमन्त्री गुरुङले राजीनामा दिए

काठमाडौं | गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग विभिन्न शेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्।

content ad p2

पार्टी सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्रीलाई राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफूले पद त्याग गरेको जानकारी सार्वजनिक गरेका छन्।

गुरुङले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा आफ्नो शेयर कारोबारसँग सम्बन्धित विषयमा उठेका प्रश्न, टिप्पणी तथा जनचासोलाई ध्यानमा राख्दै राजीनामा दिएको बताएका छन्।

उनले भनेका छन्, “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेनजी’ आन्दोलनले पनि यही सन्देश दिएको छ—सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइबहिनीहरूको बलिदानको आधारमा बनेको सरकारप्रति उठेका प्रश्नको जवाफ नै नैतिकता हो।”

गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर