Lucky-Khabar_

रवि लामिछानेविरुद्धका दुई अभियोग हटाउन अदालतको अनुमति

पोखरा । रवि लामिछाने विरुद्ध दर्ता गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्न कास्की जिल्ला अदालत ले अनुमति दिएको छ।

content ad p2

न्यायाधीश हिमलाल बेल्बासे को एकल इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् कायम रहने गरी अन्य दुई अभियोग हटाउन आदेश दिएको हो।

अदालतले अभियोजन पक्षले दायर गरेको संशोधन निवेदनमा कुनै दुराशय नदेखिएको उल्लेख गर्दै जाहेरवाला र अभियुक्त दुवै पक्षको अधिकारप्रति संवेदनशीलता देखिएको निष्कर्ष निकालेको छ। आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम मूल, थप र पूरक अभियोगपत्र संशोधन गरिएको हो।

अदालतको आदेशमा सहकारी ठगीको अभियोग दाबी कायम राखी संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कायम नरहने गरी संशोधन गरिएको उल्लेख छ। साथै उक्त संशोधन आदेशलाई मूल अभियोगपत्रको अभिन्न अङ्ग मानी मिसिल संलग्न राख्न पनि निर्देशन दिइएको छ।

यससँगै अब रवि लामिछाने विरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइ भने निरन्तर अघि बढ्ने भएको छ।

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर