वीरगंज । श्री झरीमाई महिला विकास समाज, वीरगंजले मधेश प्रदेशका सभापति तथा माननीय सांसद तपेश्वर यादव लाई विशेष सम्मान गरेको छ। समाजप्रति उहाँले पुर्याउँदै आएको योगदान, विकासप्रतिको प्रतिबद्धता तथा जनताको हितमा खेलेको सक्रिय भूमिकाको कदर गर्दै सम्मान प्रदान गरिएको समाजले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति राम आर्य, रास्वपा नेता ई.मनोज यादव, सि.ए. आशिष गुप्ता लगायत विभिन्न व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

सम्मानपत्र श्री झरीमाई महिला विकास समाजकी अध्यक्ष आर्या राउत प्रियाले प्रदान गरेकी थिइन्। कार्यक्रममा बोल्दै सहभागीहरूले ई. तपेश्वर यादवले समाज विकास, युवाप्रेरणा र जनताको अपेक्षाअनुसार नेतृत्व प्रदान गर्दै आएको उल्लेख गरेका थिए।
कार्यक्रमले समाजप्रति उहाँको समर्पण, विकासप्रतिको दृढ प्रतिबद्धता तथा जनताको मन जित्न सफल नेतृत्वलाई उजागर गरेको सहभागीहरूको भनाइ थियो। जनताको आशा, युवाको प्रेरणा र विकासको बलियो आवाजका रूपमा परिचित व्यक्तित्वलाई गरिएको यो सम्मान समारोह वीरगंजमा गौरवपूर्ण क्षणका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। 🌺



