Lucky-Khabar_

रौतहटको रास्वपा परोहा–३ को वडा अधिवेशन सम्पन्न

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परोहा नगरपालिका वडा नं. ३ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वडा सभापतिमा महेश साह चयन भएका छन् भने उपसभापतिमा श्रीपति देवी र सचिवमा सागिर असारी चयन भएका छन्। साथै अन्य सदस्यहरू पनि अधिवेशनमार्फत चयन गरिएको रास्वपा परोहा नगर सभापति सरोज कुशवाहाले जानकारी दिएका छन्।

content ad p2

अधिवेशन कार्यक्रममा वक्ताहरूले जनताको हित, सुशासन, विकास निर्माण तथा सामाजिक उत्तरदायित्वका विषयमा धारणा राखेका थिए। उनीहरूले स्थानीय तहमा जनअपेक्षाअनुसार काम गर्न पार्टी संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा रास्वपाका जिल्ला उपाध्यक्ष उपेन्द्र यादव, क्षेत्रीय उपसभापति विवेक पटेल (गुड्डु), परोहा नगर सभापति सरोज कुशवाहा लगायत विभिन्न तहका नेताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको बताइएको छ।

सम्बन्धित खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर