Lucky-Khabar_

बिरगंजका मेयर उम्मेदवार चर्चित रास्वपा युवा नेता सुधीर पटेलद्वारा नगवाका नागरिकसँग भेटघाट तथा विकासबारे छलफल

वीरगञ्ज, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता सुधीर पटेलले वीरगञ्ज महानगरपालिका–१६ नगवाका स्थानीय नागरिकसँग भेटघाट तथा छलफल गरेका छन्।

content ad p2

स्थानीय नागरिकसँगको भेटघाटका क्रममा पटेलले वडाको समग्र विकास, स्थानीयका समस्या तथा आवश्यकताबारे जानकारी लिँदै विकास निर्माणका विषयमा छलफल गरेका हुन्।

छलफलमा स्थानीयवासीले सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, नाला तथा अन्य पूर्वाधारसँग सम्बन्धित समस्या र आवश्यकताबारे ध्यानाकर्षण गराएका थिए। नागरिकले स्थानीय तहबाट सञ्चालन भइरहेका तथा आवश्यक विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

रास्वपा युवा नेता पटेलले स्थानीय नागरिकले उठाएका समस्या र सुझावलाई सम्बन्धित निकायसम्म पुर्‍याउँदै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनतासँग प्रत्यक्ष संवाद र छलफलमार्फत स्थानीय आवश्यकता पहिचान गरी विकासका कामलाई प्राथमिकताका आधारमा अघि बढाउनुपर्ने बताए।

सो कार्यक्रममा नेता पटेल संगै स्थानीय बुधिजिवीहरु तथा रास्वपा पर्सा एकको पुर्व सभापति राम आर्य ,रास्वपाका  वडा सभापति रमेश चौरसिया लगायतहरुको उपस्थिति रहेका थिए |

त्यस्तै  स्थानीय नागरिक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। पटेलले आगामी दिनमा पनि नागरिकसँग नियमित संवाद र भेटघाटलाई निरन्तरता दिने बताएका छन्।

सम्बन्धित खबर

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै

लक्की खबर

‘Police Baton २०८३’ अन्तर्गत वीरगञ्ज प्रदेश प्रहरी कार्यालयको अनुगमन

लक्की खबर

रसुवा बाढीमा ज्यान गुमाएका परिवारसँग भेटघाट गर्दै मा. रहबर अन्सारी

लक्की खबर