वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले वीरगंज महानगरपालिका–१ छपकैयामा स्थानीय नागरिकसँग भेटघाट तथा छलफल गरेका छन्।

- भेटघाटका क्रममा पटेलले स्थानीयवासीका समस्या, आवश्यकता तथा क्षेत्रको विकासका विषयमा नागरिकसँग प्रत्यक्ष छलफल गरेका थिए। स्थानीयले छपकैया टोलको सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत पूर्वाधारसँग सम्बन्धित समस्याबारे ध्यानाकर्षण गराएका थिए।
पटेलले नागरिकबाट आएका सुझाव तथा गुनासोलाई प्राथमिकताका साथ लिएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे। उनले विकास निर्माणका काममा नागरिकको सहभागिता र नियमित संवाद आवश्यक रहेको बताए।
स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ।


