Lucky-Khabar_

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै जनताको गुनासो र आलोचना सुन्न दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अभियान उद्घाटन गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर २५ गतेसम्म नेताहरू गाउँ, वडा र टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने बताए।

content ad p2

नेकपाले किसान, मजदुर, युवा, महिला, विद्यार्थी र उत्पीडित समुदायसँगको सम्बन्ध कमजोर बनेको तथा पार्टीभित्र नेतामुखी र केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गरेको छ। अभियानमा महँगी, बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको ढिलासुस्ती र वैदेशिक रोजगारीका समस्याबारे सुझाव तथा गुनासा संकलन गरी समाधानका लागि सम्बन्धित निकायमा पहल गरिने पार्टीले जनाएको छ।

प्रचण्डले नेकपा एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारे। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र राष्ट्रिय हितका मुद्दामा भने आवश्यकताअनुसार सहकार्य गर्न सकिने उनको भनाइ छ। उनले माओवादी केन्द्र र एकीकृत समाजवादीसहित २६ कम्युनिस्ट घटक मिलेर बनेको वर्तमान पार्टीलाई विघटन नभई रूपान्तरणका रूपमा बुझ्न आग्रह गरे।

यसैबीच, नेकपाका सहसंयोजक माधवकुमार नेपालले विगत ३५ वर्षमा पुराना दलले केही काम नगरेको भन्ने आरोपलाई तथ्यका आधारमा पुष्टि गर्न चुनौती दिए। उनले कमजोरी भए स्वीकार्न तयार रहेको तर उपलब्धिको पनि मूल्यांकन हुनुपर्ने बताए।

अभियानमार्फत जनताको विश्वास पुनः आर्जन गर्ने, सदस्यता नवीकरण गर्ने र संगठनलाई तल्लो तहदेखि सुदृढ बनाउने नेकपाको योजना छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर