Lucky-Khabar_

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज पुइगिन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ।

content ad p2

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भेटका क्रममा नेपाल–फ्रान्स सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहयोग विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

दुई पक्षबीच हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान र बहुपक्षीय सहकार्यमार्फत द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।

सम्बन्धित खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर