Lucky-Khabar_

पर्सा प्रहरीले हकदाबी नपरेपछि २२ लाखका दुई भारतीय गाडी भन्सारमा बुझाइयो

वीरगञ्ज । पर्सा प्रहरीले बेवारिसे अवस्थामा नियन्त्रणमा लिएका करिब २२ लाख रुपैयाँ मूल्यका दुईवटा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे गाडी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

content ad p2

प्रहरीले सोमबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट भारतीय नम्बर प्लेटका बोलेरो र मारुती सुजुकी गाडी बेवारिसे अवस्थामा बरामद गरेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार गाडीका धनी वा हकवालालाई सम्पर्कमा आउन सूचना जारी गरिए पनि तोकिएको समयमा कसैले हकदाबी गरेनन्।

हकदाबी नपरेपछि प्रहरीले दुवै गाडी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको डीएसपी मल्लले जानकारी दिए।बरामद गरिएका दुवै गाडीको अनुमानित मूल्य करिब २२ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा पक्षले २६ जिल्लामा सक्यो कांग्रेसको जिल्ला अधिवेशन, चार जिल्लामा प्रक्रिया जारी

लक्की खबर

मिक्स मार्शल आर्टको मधेश प्रदेश अध्यक्षमा सन्तोष पटेल नियुक्त

लक्की खबर

सात महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामान बरामद, ४२१ पक्राउ

लक्की खबर