Lucky-Khabar_

‘सालार’ले दुई दिनमा कमायो २८५ करोड

साउथ सुपरस्टार प्रभासको फिल्म ‘सालार’ रिलिजको दोस्रो दिन पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । ओपनिङ दिन भारतीय बक्स अफिसमा ९० करोड ७० लाख कमाएको फिल्मले दोस्रो दिन ५५ करोड कमाएको छ । फिल्मको आम्दानी अहिलेसम्म भारतमा मात्र १४५ करोड ७० लाख भएको छ ।

content ad p2

ट्रेड एक्सपटको भनाई मान्ने हो भने फिल्मले ग्लोबल मार्केटमा पहिलो दिन १७८.७ करोड र दोस्रो दिन १०६ करोड कलेक्सन गरेको छ । दुई दिनमा ‘सालार’ को ग्लोबल कलेक्सन २८५ करोड भएको छ । यो वर्षको सबैभन्दा बढी ओपनिङ बिजनेस गर्ने फिल्म पनि बनेको छ । फिल्मले पहिलो दिन १७८.७ करोड कमाएर यो रेकर्ड बनाएको थियो ।

फिल्मले भारतमा मात्र ९० करोड ७० लाखको ओपनिङ विजनेश गरेको छ । ‘सालार’ प्रशान्त नीलले निर्देशन गरेका हुन् । होम्बले फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई विजय किरणगादुरले निर्माण गरेका हुन् । फिल्ममा प्रभाससँगै पृथ्वी सुकुमारन, श्रुति हासन, मधु गुरु स्वामीको पनि महत्त्वपूर्ण भूमिका छ ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर