Lucky-Khabar_

राममन्दिरको प्राणप्रतिष्ठामा जनकपुरबाट उपहार पठाइँदै

भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको छ। जानकी मन्दिरको अगुवाइमा जनकपुरधामबाट अयोध्यासम्म विशेष यात्रासहित यहाँको उपहार पठाइन लागेको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

content ad p2

उपहारमा विभिन्न प्रकारका आभुषण, भाँडावर्तन, समावेश गरिनेछ। उनका अनुसार माघ ६ गते अयोध्यामा राम जन्मभूमि राममन्दिर ट्रष्टलाई उपहार हस्तान्तरण गर्ने योजनासहित माघ ४ गते जनकपुरबाट यात्रा प्रारम्भ हुनेछ।

जनकपुरधामबाट जलेश्वरनाथ, मलङ्गवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विधिन्न धार्मिकस्थलको दर्शन गर्दै अयोध्या पुग्ने कार्यक्रम छ।

त्यसैगरी सहमहन्थ दासको नेतृत्वमा उपहार यात्राका मूल समारोह समितिसमेत गठन गरिएको छ। समितिको संरक्षकका रूपमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह रहनेछन्।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर