Lucky-Khabar_

भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् ।

content ad p2

प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् । उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए ।

उनको मृत्युको कारण खुलेको छैन । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर