५ माघ, वीरगञ्ज । वीरगन्जमाभएको दुई छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रममा १ १६ पोका रगत संकलन भएको छ । प्रदिप खण्डेलवाल मेमोरियल ट्रष्ट वीरगन्ज र राष्ट्रिय वाणिज्य बैँक मधेश प्रदेशको आयोजनामा छुट्टाछुट्टै कार्यक्रम भएकोमा१ १६ पोका रगत संकलन भएको हो

प्रदिप खण्डेलवाल मेमोरियल ट्रष्टले बिरगंज ठाकुरराम बहुमुखी क्याम्पस अगाडि रक्तदान कार्यक्रम आयोजना भएको थियो । उक्कातर्यक्रममा ४ जना महिलासहित ७० जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।
अर्को रास्ट्रिय बाणिज्य बैँकले आफ्नो ५९ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम समपन्न गरेको छ । राष्ट्रिय बाणिज्य बैंक मधेस प्रदेशको प्रादेशिक कार्यालय वीरगन्ज परिसरमा कार्यक्रम आयोजना भएको हो ।
उक्त रक्तदान कार्यक्रममा ५ महिलासहित ४६ जनाले रक्तदान गरेका जानकारी प्राप्तभएकोछ ।



