Lucky-Khabar_

रौतहटका पूर्व मेयर धर्मेन्द्र पटेललाई भ्रष्टाचार मुद्दामा सफाइ

६ माघ,रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्र पटेलले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले शुक्रबार उनलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।

content ad p2

उनका सहयोगीको रूपमा रहेका अशोक पटेलले पनि उक्त मुद्दामा सफाइ पाएका छन् । न्यायाधीशहरु खुशी प्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मेयर पटेल र उनका सहयोगीलाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको हो ।
२०७८ साल फागुन १५ गते तत्कालीन मेयर धर्मेन्द्र पटेल नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।

देवाही गोनाही नगरपालिका वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा तत्कालीन मेयर पटेल र उनका स्वकीय सचिव अशोक पटेल लगायत चार जनालाई पक्राउ गरेको थियो ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर