१७ माघ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) विरुद्धको फाइल पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले १३ सय ६८ उजुरीको फाइल जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् ।

गृह मन्त्रालयले मिटरब्याजविरुद्ध छानविन तथा कारवाही गर्ने अधिकार प्रहरीलाई दिए निर्णय बमोजिम फाइल पर्सा प्रहरीलाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भुषालका अनुसार अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जिल्लामा १३ सय ६८ उजुरी विचाराधिन छन् ।अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन भएपछि जिल्लाबाट हालसम्म १८ सय ७५ उजुरी परेका थिए । जसमध्ये पाँचसय ७ उजुरी छलफलबाट फच्र्छौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जनाए ।२ उजुरीहरुमाथि छलफलमा सहमति नजुटेपछि मुद्दा दर्ता गरेको उनले बताए ।यसैबिच जिल्ला प्रहरी कार्यालय पर्साले मिटरब्याजविरुद्ध उजुरी दर्ता गर्न पाउने भएको छ ।गृह मन्त्रालयको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालयले अनुचित लेनदेन सम्बन्धि सम्पूर्ण उजुरी दर्ता गर्न पाउने भएको हो ।
सहायक प्रजिअ लम्सालका अनुसार जिल्ला प्रहरीले मिटरब्याजको उजरीविरुद्ध नोटिस जारी गर्नेछ, उनीहरुलाई एकपटक छलफलका लागि बोलाइने र छलफलमा सहमति नभए जिल्ला प्रहरी कार्यालयलाई नै मुद्दा दर्ता गर्ने अधिकार हुनेछ ।


