Lucky-Khabar_

विनोद चौधरी भन्छन्अरुण चौधरी पक्राउबारे – हाम्रो परिवारमाथि प्रतिशोध साँधियो

१९ माघ,काठमाडौं ।  कांग्रेसभित्र छलफल व्यवसायी अरुण चौधरी पक्राउबारे

content ad p2

भएको छ । सत्तासाझेदार दल कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो ।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेको थियो ।

शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरीलाई पक्राउ गरेको जनाए पनि बसेको कांग्रेस संसदीय दलको बैठकमा उनको पक्राउका विषयमा गम्भीर छलफल भएको हो । कांग्रेस सांसदसमेत सीजी ग्रुपका प्रमुख विनोद चौधरीले आफ्नो भाइ अरुण चौधरीको पक्राउबारे बैठकमा ब्रिफिङ गरेका छन् । सो क्रममा बिनोधचौधरीले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै गुनासो गरेका छन् ।बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत रुपमा कब्जा नगरेको बताउँदै उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको विषयमा पार्टी र पार्टीका नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले बोल्नुपर्ने बताए । साथै आफूले गलत भए कारबाही गर्नसमेत भन्दै उनले अन्यथा बिनाकसुर आफ्नो परिवारको बदनाम गर्न नपाइने बताउनुभयो ।


सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर