१९ माघ,काठमाडौं । कांग्रेसभित्र छलफल व्यवसायी अरुण चौधरी पक्राउबारे

भएको छ । सत्तासाझेदार दल कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो ।
बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेको थियो ।


