Lucky-Khabar_

हुण्डीको रकम १३ लाख १५ हजार सहित बीरगंजबाट एकजना पक्राउ

२५ वैशाख,बिरगंज। वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डबाट प्रहरीले १३ लाखभन्दा बढी मूल्यसहित एकजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

content ad p2

पक्राउ पर्नेमा वीरगञ्ज–२२ जगरनाथपुर बस्ने २८ वर्षका रवि कुमार पटेल रहेका प्रहरीद्वारा जनाएको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्र. २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकलमा सवार पटेलको साथबाट स्रोत नखुलेको उक्त मूल्यहरु बरामद गरेको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाएको छ ।

पटेलले पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा नेपाली १००० दरको नोट ८८९ थान ८ लाख ८९ हजार, नेपाली ५०० दरको नोट ८५० थान ४ लाख २५ हजार र नेपाली १०० दरको १० थान १ हजार गरी जम्मा १३ लाख १५ हजार फेला पारेको थापाले बताएको छ । यस्तै उनले साथबाट विभिन्न बैंकका खाली चेकहरु ७ थान समेत बरामद भएको प्रहरीले जानकारी प्राप्त भएको छ ।

पक्राउ परेका पटेलमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर