Lucky-Khabar_

पेस्तोल सहित नेपाली नागरिक वीरगञ्ज–रक्सौल मितेरी पुलबाट भारतिय एस.एस.बि.द्वारा पक्राउ

२५ बैशाख,वीरगञ्ज । वीरगञ्जको सीमावर्ती क्षेत्र रक्सौलस्थित भारतीय एसएसबीले मितेरी पुलबाट पेस्तोलसहित नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

content ad p2

नवलपरासी जिल्ला गैँडाकोट बसने २५ वर्षीय मनोज महर्जनलाई दुई थान पेस्तोल र म्याग्जिनका साथ पक्राउ गरिएको भारतीय एसएसबीद्वारा जानकारी आएको छ । साथै नवलपरासीकै विवेक मल्ल ठकुरी फरार भएको एसएसबीका सहायक कमान्डेट गुलाब चौधरीले जानकारी दिएको छ ।

उनकाअनुसार बरामद दुवै पेस्तोल ९ एमएमका मध्ये एक मेड इन यूएसए र अर्काे मेड इन इटली रहेको छ । तिमध्ये एउटा म्यागजिन सहित लोड भने अर्काे खालि । के प्रयोजनका लागि हतियारसहित भारत प्रवेश गर्न लागेको भन्ने यकिन भइसकेको छैन भने यस विषयमा आवश्यक अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।

दुई हथियारधारी व्यक्ति भारत प्रवेश गरेको विशेष सूराकीका आधारमा चेकजाँच गर्न खोज्दा दुवै डंकन रोडतर्फ भागदै अगाडी बढेपछि उनीहरुले झाडीमा पेस्तोल र म्याग्जिन फालेका थिए ।सोही क्रममा एक जनालाई एसएसबीले पक्राउ गर्न सपल भयो भने विवेक मल्ल ठकुरी भाग्न सफल भएको इन्स्पेक्टर राजीव नन्दन सिन्हाले जानकारी दिए । घटना बारे नेपाल प्रहरीसँग समन्वय गरिअनुसन्धान भइरहेको छ भने जानकारी प्राप्त भएको छ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर