Lucky-Khabar_

नारायणी अस्पतालमा ओजेटी छात्रासँग दुर्व्यवहार! आरोपित सीएमए चौरसिया पक्राउ

२४ बैसाख,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत छात्रासंग दुर्व्यवहार गरेको आरोप लागेको छ ।

content ad p2

अस्पतालको आकस्मिक कक्षमा कार्यरत सीएमए अगन्ध चौरसियाले सोही शाखामा अन द जब ट्रेनिङ (ओजेटी) का रूपमा कार्यरत रहेकी दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागेको हो ।

चौरसियाविरुद्ध दुवै जना छात्राहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार निवेदन दिएपछि उनलाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीका प्रमुख एसपी कुमोद ढुङ्गेलले चौरसिया प्रहरी हिरासतमा रहेको पुष्टि गरे । ‘चौरसियामाथि केटीलाई फ्रेण्ड रिक्वेस्ट पठाएको भरमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यसमा खासै बलियो र पुष्ठि हुने प्रमाण भने पाइएको छैन । अनुसन्धान भइरहेको छ, पुष्ठि भएमा कानुनअनुसार कारवाही हुनेछ भने पुष्ठि नभए २४ घण्टापछि चौरसियालाई हिरासतमा राख्न मिल्दैन ।’पीडित भनिएका छात्राहरूका अनुसार आकस्मिक कक्षमा कार्यरत चौरसियाले लामो समयदेखि ओजेटीमा आउने छात्राहरूलाई विभिन्न किसिमको प्रलोभन तथा धाक धम्की दिएर अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएका छन् । विभिन्न शैक्षिक संस्थाबाट ओजेटीका रूपमा आउने छात्राहरूलाई चौरसियाले आफूले भने जस्तो नगरेको खण्डमा राम्रो अङ्क नदिने जस्तो धम्की समेत दिने गरेको पीडित एक छात्राले बताइन ।

‘हामीलाई मिलापत्र गर्न प्रशासन बाट दबाव आइरहेको छ छात्राले भनिन्, ‘दोषीलाई कारबाही नगरी प्रहरीले हामीलाई नै उल्टै अनावश्यक प्रश्नहरू गरेर दबाब दिन खोजिरहेको छ भनि लक्की खबरलाई जानकारी प्राप्त आएको छ |

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष यादवसहित ८ जना पक्राउ

लक्की खबर