Lucky-Khabar_

राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले दियो नयाँ दलको मान्यता

२४ वैशाख,काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ।
आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले नयाँ दललाई दर्ता गर्ने निर्णय भएको जानकारी दिए। राईसहित प्रतिनिधि सभाका ७ जना सांसदले दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिनु भएका थिए।

content ad p2

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नै दलले मान्यता पाएको पाण्डेले बताए। उनका अनुसार, राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको हो।राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ र प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा दल दर्ता गरिएको पाण्डेको भनाइ छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपधारा (२) मा कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन सक्ने र त्यसो गर्दा साविकको दलको नियन्त्रण नरहने छ।

तर, २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत मात्र सदस्य भएर पनि दल विभाजन गर्न पाउने व्यवस्था गरेको थियो। एमाले र जसपा फुटेपछि उक्त अध्यादेश फिर्ता लिइएको थियो।

अध्यादेश फिर्ता लिइसकेपछि पुरानै व्यवस्था जगाउने वा नयाँ व्यवस्था प्रतिस्थापन गर्नुपर्ने प्रक्रिया भने पूरा गरिएको छैन। राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ मा भने नयाँ दल बनाउन सक्ने प्रावधान छ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने कुनै दलको महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसदको संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्यले एकैपटक ऐनको दफा ३३ को उपदफा (२) बमोजिम छुट्टै नयाँ दल बनाएमा त्यस्तो दलले मान्यता पाउने नियमावलीमा प्रस्ट उल्लेख छ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर