Lucky-Khabar_

पर्सा एमालेको मत परिणाम सार्वजनिक, उपाध्यक्षमा गुप्ता अग्र स्थान

२३ वैशाख, वीरगञ्ज । पर्सा एमालेको निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिकभएको छ |

content ad p2

मतपरिणामा अनुसार उपाध्यक्ष पदका उम्मेदवार मनोज गुप्ता १२१ मत र उनका प्रतिदवन्दी लालबाबु शेखको ६२ मत ल्याएको छ । फाराकिलो मतान्तर रहेको हुँदा उपाध्यक्षमा गुप्ता कै विजयी हुने आंकलन गरिएको छ ।

कुल मतदाता संख्या ५९५ रहेकोमा ५३३ जनाले मतदान गरेका निर्वाचन अधिकृत भोजराज ढकालले जानकारी दिए ।५३३ मत मध्ये २०० मत गन्दा सचिवमा नवराज शर्मा २५ मत ल्याएर अगाडी छन् । भने उनका प्रतिद्वन्दी महेश दास ८२ मत प्राप्त गरेका छन् ।

यस्तै उपसचिवमा नविजान मियाँ अगाडी रहेका छन् । उनी प्रतिदवन्दी रामकिशोर सिंह परागभन्दा १ मतले अगाडी छन् ।

मियाँले ७५ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी परागको ७४ मत छ । महिला उपसचिवमा सिता लामा ६ मतले अगाडी छिन् । लामा ८५ मत प्राप्त गरेकी छन भने प्रतिद्वन्दी गिता भण्डारी ७९ मता ल्याएकी छन ।

लेखा समितिमा शिवजी गुप्ताको जीत निश्चित देखिएको छ । उनी १०१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी अत्याधिक मतले पछाडी रहेका छन् । उनका निकट प्रतिद्वन्दी सागिर अंसारी ६९ मत ल्याएका छन् ।

यसैगरी सन्तोष सिंह ६१ र आरोहण साह ६० मत प्राप्त गरेका छन् भने मतगणना जारी छ ।

जिल्ला अध्यक्षमा डा. विश्वम्भर शर्मामा निर्विरोध निर्वाचित भईसकेका छन् ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर