वीरगंज, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र न.४द्वारा छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आँखा तथा दाँत चेकजाँच शिविर गरेको छ ।
रास्वपा क्षेत्र न ४ को आयोजना एवं वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालको प्राविधिक सहयोगमा हिजो शनिवार आँखा तथा दाँत सिबिर सम्पन्न भएको हो । शिबिरमा करिब १६५ जनाको आँखा तथा दातको चेकजाँच भएका थिए । चेक गरिएकामध्ये २५ जनाभन्दा बढीलाई मोतियाबिन्दु पाइएको वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालका मेडिकलको अर्डिनेटर महेश सिंह धामीले बताउनु भयो ।उनले मोतियाबिन्दु भएका बिरामीहरूको अप्रेसन पनि निःशुल्क गरिने बताए ।
यता रास्वपा पर्साले अब पर्साका ग्रामीण भेगहरूमा महिलाहरूमा बिद्यमान रहेको पाठेघर खस्ने तथा ग्रामीण महिलाका अन्य स्त्रीरोगको चेकजाँचको लागि पनि अर्काे शिविरको आयोजना गरिने राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका प्रदेश सदस्य एवं होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले बताएका छन। उनले अब राष्ट्रिय स्वतन्त्र पार्टी आम जनतासंग प्रत्यक्ष जोडिएर काम गर्ने समेत बताएका छन् ।
रास्वपा ४ नम्बर क्षेत्रका क्षेत्रीय सभापति जितेन्द्र मिश्राको सभापतिŒवमा सम्पन्न सिबिरमा वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालका मेडिकल कोअर्डिनेटर महेश सिंह धामी, डेन्टिस डा अजय अस्थाना लगायतको टिमका साथै रास्वपा केन्द्रिय सदस्य डा नन्दन यादव,रास्वपा जिल्ला संयोजक दिलिप कुर्मी, उपसंयोजक तुलसा अधिकारी, प्रदेश सदस्य सब्बु कंडेल, सुदिस प्रजापती, संगठन बिभाग उपप्रमुख प्रमोद राय माझी, शिक्षा बिभागका सोनालाल पटेल लगायतको समेत सहभागीता थियो ।



