Lucky-Khabar_

एमाले पर्साको निर्वाचनमा कार्यकर्ताहरुबीच कुटाकुटमा वडाअध्यक्ष पराग सिंहको घाईते

२१ वैशाख,वीरगञ्ज । नेकपा एमाले पर्साको जबरजस्ती निर्वाचन गराउन खोज्दा कार्यकर्ताहरुबीच कुटाकुट भएको हो ।
विहानदेखि आपसी विवादका कारण स्थगित निर्वाचन जबरजस्ती गराउन खोज्दा एमाले पर्साका कार्यकर्ताहरुबीच कुटाकुट भएको जानकारी भएको छ ।

content ad p2

पदाधिकारी तथा केहि सदस्यहरुको चयनका लागि जबरजस्ती मतदान गराउन खोजेपछि कार्यकर्ताहरुबीच कुटाकुट भएको जिल्ला सचिवका उम्मेदव नवराज शर्माले जानकारी दिएका छन् ।माग सम्बोधन नगरी विवादका कारण बीरगन्ज म.न.पा.का वडा नम्बर २० का वडाअध्यक्ष एवम जिल्ला उपसचिवका उम्मेदवार रामकिसोर सिंह( पराग) घाइते भएका छन् ।संस्थापन पक्षका मनोज गुप्तासहितको टोलीले इतरसंस्थापन पक्षमाथि हमला गर्न थालेपछि वडाअध्यक्ष पराग सिंह घाइते भएको उनको आरोप छ । उनका अनुसार घाइते सिंहको नाकमा चोटपकट लागेको । घाइते सिंहको बीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जानकारी भएको छ ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर