Lucky-Khabar_

फिल्म रामायणको छायांकन सेटमा मोबाइल लैजान प्रतिबन्ध

बिरगंज| फिल्म ‘रामायण’को सेटका केही तस्वीर र भिडियो भाइरल भएपछि निर्देशक खुसी भएन ।

content ad p2

त्यसै कारण निर्देशकले छायांकन सेटमा मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन् । इण्डिया टुडेका अनुसार निर्देशक र उनको टोलीले सुटिङ सुरु हुँदा अतिरिक्त कर्मचारी र टोलीलाई सेटबाहिर निस्कन रोक लगाएको छ ।

आवश्यक कलाकार र प्राविधि बाहेक अरुलाई छायांकन सेटमा नबस्न भनिएको छ । फिल्ममा अरुण गोविल राजा दशरथको भूमिकामा र रानी कैकेयीको भूमिकामा लारा दत्तले अभिनय गरेकी छिन् ।

पिंकभिलाको रिपोर्ट अनुसार फिल्म सिटीमा गुरुकुलको सेट तयार गरिएको छ । पहिलो सेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निर्वाह गर्ने बाल कलाकारले सुटिङ गरिरहेका छन् ।

इण्डिया टुडेका अनुसार रणवीरले पनि छिट्टै यो फिल्मको सुटिङ सुरु गर्ने भएका छन् । निर्माता र उनको टोली रणवीरको कुनै पनि वास्तविक फुटेज सार्वजनिक नहोस् भन्नेमा सचेत छन् । यसकारण उनीहरुले सेटमा आफ्नो बडी-डबल राख्ने पनि सोचिरहेका छन् ।


फिल्म ‘रामायण’लाई निर्माण पक्षले तीन भागमा रिलिज गर्ने भएको छ । पहिलो भाग अर्को वर्षको दोस्रो त्रैमासिकमा रिलिज हुने अपेक्षा छ । फिल्ममा साई पल्लवी माता सीताको भूमिकामा हुनेछिन् भने ‘केजीएफ’ स्टार यश रावणको भूमिकामा देखिनेछन् ।

रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिनेछन् भने बाकि निर्माताबाट आधिकारिक घोषणा आउन बाँकी छ भने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर